दक्षिण अफ्रिाकाका स्टार ब्याट्सम्यान प्लेसिस एनपीएल खेल्न काठमाडौंमा
- काठमाडौंदक्षिण अफ्रिाकाका स्टार ब्याट्सम्यान फाप डु प्लेसिस नेपाल प्रमियिर लिग (एनपीएल) खेल्नका लागि नेपाल आईपुगेका छन् ।
विराटनगर किङ्ग्समा अनुबन्ध भएका प्लेसिस आज दिउँसो काठमाडौं आइपुगेका हुन् । प्लेसिसको स्वागतका लागि नेपाल क्रिकेट संघका पदाधिकारी र विराटनगर किङ्ग्सका प्रतिनिधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । ४१ वर्षीय प्लेसिससँग आईपीएल लगायतका विश्वस्तरिय लिग र अन्तार्राष्ट्रिय खेल खेलिसकेको अनुभव छ ।
प्लेसिसि आबद्ध भएको विराटनगर जारी एनपीएलमा ५ खेलबाट ८ अंक सहित तेस्रो स्थानमा रहेको टोली हो । विराटनगरले अब पर्सी हुने खेलमा लुम्बिनी लायन्स सँग प्रतिस्पर्धा गर्नेछ । जारी लिगमा अपराजित रहेको सुदूरपश्चिम शीर्ष स्थानमा छ भने काठमान्डु गोर्खाज दोस्रो र चितवन राइनोज चौथो स्थानमा रहेका छन् ।