एनपीएल क्रिकेटमा सुदूरपश्चिमलाई पराजित गर्दै विराटनगर क्वालिफायरमा प्रवेश
काठमाडौंसुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिगको क्वालिफायरमा स्थान बनाएको छ । समान १० अंक भएपनि काठमान्डू गोर्खाजलाई रन रेटले पछाडी पार्दै विराटनगर दोस्रो स्थानमा रहेर क्वालिफायरमा पुगेको हो ।
आजको खेलमा सुदुरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै जित हात पारेको थियो । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाई १ सय ४७ रन बनाएको थियो ।
सुदूरपश्चिम १२ अंकसहित यसअघि नै क्वालिफायर १ मा पुगिसकेको थियो । तालिकाको पहिलो स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको विराटनगरले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सो खेलमा पराजित हुने टोली तथा लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीचको विजेताले फाइनलका लागि खेल्न पाउनेछन् । काठमान्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका टोली हुन् ।