एनपीएल : पोखराद्वारा चितवन ८ विकेटले पराजित
काठमाडौंपोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ । १ सय २१ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । उसका लागि एडम रोसिंगटनले ६५ रन बनाएका थिए ।
टस जितेर शुरुमा ब्याटिङ गर्ने निर्णय गरेको चितवनले देव खनालको ३५ र अल्पेस रामजानीको ३३ रनको मद्दतमा १ सय २० रनको योगफल बनाएको थियो । जितपछि पोखराले समग्रमा ६ अंकसहित पाँचौं स्थानमा रहेर एनपीएलको दोस्रो संस्करणको समापान गरेको छ ।
चितवन भने ७ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ । समूह चरणको अन्तिम खेलमा भोलि सातौं स्थानको कर्णाली याक्स र आठौं स्थानको जनकपुरबीच प्रतिस्पर्धा हुनेछ ।