खेलकुद

साउथ अफ्रिकाद्धारा इन्डिया ५१ रनले पराजित

- एजेन्सीहरुएजेन्सी

साउथ अफ्रिकाले टी ट्वान्टी सिरिजको दोस्रो म्याचमा इण्डियालाई ५१ रनले पराजित गरेको छ । २ सय १४ रनको लक्ष्य पाएको इन्डियालाई १९ दशमलव १ ओभरमा १ सय ६२ रनमा समेट्दै साउथ अफ्रिकाले सहज जित हात पारेको हो । इन्डियाका लागि तिलक वर्माले सर्वाधिक ६२ रनको योगदान गरेका थिए । सो क्रममा साउथ अफ्रिका ओटेनिल बार्टम्यानले चार विकेट लिए भने लुंगी एनगिडी, मार्को जन्सन र लुथो सिपाम्लाले २÷२ विकेट लिएका थिए । त्यसअघि साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १३ रनको योगफल बनाएको थियो । 

टोलीका लागि क्वीन्टन डिककले ९४ रनको योगदान गरे । उनले ४६ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए । साउथ अफ्रिकाको जितपटि ५ म्याचको सिरिज १–१ को बराबरीमा पुगेको छ । पहिलो म्याचमा इन्डियाले साउथ अफ्रिकालाई १ सय १ रनले हराएको थियो । सिरिजको तेस्रो खेल आगामी आइतबार हुनेछ ।