भारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज
- काठमाडौंभारत र दक्षिण अफ्रिकाबीचको पाँचौ तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।
अहमदावादमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ ।
पाँच खेलको टी–२० श्रृंखला भारत २–१ ले अगाडि छ ।
पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो ।
चौथौ खेल बाक्लो हुस्सु र वायु प्रदूषणका कारण हुन सकेन ।
भारतले आजको खेल जितेमा टी–२० शृङ्खला जित्नेछ भने दक्षिण अफ्रिकाले जिते शृङ्खला बराबरी हुनेछ ।
यस अघि यी दुई देशबीच भएको टेस्ट शृङ्खला दक्षिण अफ्रिकाले र एक दिवसीय शृङ्खला भारतले जितेको थियो ।