एनओसीद्धारा १४ खेलाडीलाई छात्रवृत्ति प्रदान
- काठमाडौंनेपाल ओलम्पिक कमिटी एनओसीले एल.ए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
एनओसीले आज कार्यक्रम गर्दै खेलाडीका अभिभावक र सम्बन्धित संघका पदाधिकारीसँग छात्रवृत्तिको सम्झौता गरिएको हो ।
सन् २०२८ मा हुने एल.ए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका हुन् ।
छात्रवृत्ति पाउनेमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भावना आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोर्ट क्लाम्बिङकी तेन्जिङ बेर्टिन राई, पौडी इर्भिन श्रेष्ठ छन् ।
एल.ए ओलम्पिकको तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन् ।
त्यस्तै अर्को वर्ष हुने २० औं एसियन एसियाली खेलकुदका लागि एनओसी छात्रवृत्ति पाउनेमा आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङ छन् ।
त्यस्तै युथ ओलम्पिक गेम्स एनओसी छात्रवृत्ति पाउनेमा रश्मि तामाङ छिन् । एसियन र युथ ओलम्पिक छात्रवृत्ति पाउनेले मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।