खेलकुद

पाकिस्तान पहिलो पटक पुरुष यू–१९ एसिया कप क्रिकेटको उपाधि जित्न सफल

काठमाडौं

पाकिस्तानले पहिलो पटक पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दुबइमा भएको खेलमा क्रिकेटको पावर हाउस मानिएको भारतलाई १ सय ९१ रनले पराजित गर्दै पाकिस्तानले प्रभावशाली जित हात पारेको हो ।

 यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानको यो पहिलो उपाधि समेत हो । यसअघि सन् २०१३ मा भारत र पाकिस्तान संयुक्त रुपमा विजयी भएको क्रिकबजले जनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको बलियो स्कोर बनाएको थियो ।

 जवाफि ब्याटिङ सुरु गरेको भारतले पहिलो दुई ओभरमा ३२ रन जोड्दै उत्कृष्ट सुरुवात गरेपनि पहिलो पावर प्ले भित्र ६८ रन बनाउँदा ५ विकेट गुमाउन पुगेको थियो ।

 शीर्ष क्रमका ब्याटर चल्न नसकेपछि दबाबमा परेको भारत २६ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमा समेटिएसँगै पाकिस्तानले ऐतिहासीक जित निकालेको हो ।