पुलिस महिलातर्फको अन्तिम चारमा प्रवेश
- काठमाडौंकाठमाडौंमा जारी एनभीए क्लव भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज सम्पन्न समूह ‘बी’ को खेलमा मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो ।
पुलिसले मधेशलाई २५–३, २५–८ र २५–९ ले हरायो ।
जितसँगै समूह विजेता बनेको पुलिसले शतप्रतिशत नतिजा निकाल्दै ८ अंक पुर्याएको छ ।
समान ३ खेलबाट ७ अंक जोडेको एपीएफ उपविजेता बन्यो ।
पराजित मधेश भने जितविहीन रह्यो ।
सुदूरपश्चिम प्रदेशले ३ अंक हात पार्दै तेस्रो स्थानमा चित्त बुझायो ।
आर्मी भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।