खेलकुद

न्यु डाइमन्ड एनभीए भलिबलको महिलातर्फ फाइनलमा प्रवेश

- केएफएम डेस्ककाठमाडौं

विभागीय टोली एपीएफलाई हराउँदै न्यु डाइमन्ड काठमाडौंमा जारी नवौं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् परिषद्को कभर्ड हलमा आज भएको पहिलो सेमिफाइनलमा एपीएफलाई सोझो सेटमा पराजित गर्दै न्यु डाइमन्ड उपाधि नजिक पुगेको हो ।

उसले सेमिफाइनल २५–१७, २५–२० र २५–७ ले जित्यो ।

न्यु डाइमन्डले उपाधिका लागि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवको विजेतासँग भोलि प्रतिस्पर्धा गर्नेछ । आर्मी र नेपाल पुलिसबीचको सेमिफाइनल प्रतिस्पर्धा आजै हुँदैछन् ।

पुरुषतर्फका दुवै सेमिफाइनल पनि आजै हुनेछ ।

पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् ।

खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी क्लबबीच अपरान्ह ४ बजे प्रतिस्पर्धा हुनेछ ।