स्पेनी ला लिगामा सेल्टा भिगोले सेभियालाई हरायो
- काठमाडौंस्पेनी ला लिगामा सेल्टा भिगोले गएराती सेभियालाई १–० ले पराजित गरेको छ ।
यो जितसँगै उसले अर्को सिजन युरोपमा खेल्नका लागि चुनौती पेस गरेको छ ।
सेल्टा भिगा जितसँगै २९ अंकका साथ सातौं स्थानमा उक्लेको छ ।
यो शीर्ष चारबाट नौ अंकको दूरी हो ।
हारले सेभिया भने २० अंकमा १४ औं स्थानमा रहेको छ । सेभिया रेलिगेसन क्षेत्रबाट तीन अंक मात्र अगाडि छ ।
खेलको एक मात्र निर्णायक गोल ८८ औं मिनेटमा निस्केको थियो र यो मार्कोस एलोन्सोको नाममा रह्यो ।
उनले पेनाल्टीबाट गोल गरेका हुन् ।