वार्म अप म्याचमा नेपाल आयरल्यान्डसँग पराजित
- काठमाडौंआईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप म्याचमा नेपाल आयरल्यान्डसँग ९९ रनले पराजित भएको हो ।
मूलपानी क्रिकेट रंगशालामा भएको खेलमा आयरल्यान्डले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय १ रनमा अल आउट भयो ।
नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन बनाइन् । कप्तान इन्दु बर्मा १२ रनमा आउट भईन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय रन बनाएको थियो ।
आयरल्यान्डकी कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको अर्धशतकिय इनिङ्स खेलिन् । त्यस्तै, ओर्ला पेन्डरगास्टले ६२ रन बनाइन् ।
नेपालकी रुबिना क्षेत्रीले २ तथा रिया शर्माले १ विकेट लिए । नेपालले अब पर्सि शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।