श्री भगवती र चर्च ब्वाइजले बराबरी खेल्दै अंक बाँडे
- काठमाडौंआजबाट सुरु राष्ट्रिय लिग फुटबलमा श्री भगवती र चर्च ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
४५ औं मिनेटमा हरिहर बुढामगरको गोलबाट श्री भगवतीले अग्रता लिएपनि खेलको ५६ औं मिनेटमा चर्च ब्वाईजका एरिक विष्टले बराबरी गोल फर्काए ।
यो नतिजासँगै दुवै टोलीले एक÷एक अंक बाँडेका छन् ।
लिगअन्तर्गत भोली हुने खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लब तथा लालिगुराँस एसोसिएसन र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।