आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्याण्डसँग पराजित
काठमाडौंनेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्याण्डसँग पराजय व्यहोरेको छ । समूह बीको खेलमा थाइल्याण्डले नेपाल विरुद्ध आठ विकेटको जित हात पारेको हो ।
नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १७ औं ओभरमा २ विकेट गुमाई पुरा गरेको हो । किर्तिपुर मैदानमा पहिलो व्याटिङ गरेको नेपालले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रनको योगफल तयार पारेको थियो ।
सो क्रममा नेपालका लागि बिन्दू रावलले सर्वाधिक ४४ र सोनु खड्काले २६ रन बनाएका थिए । समूह बीको अर्को खmेमा नेदरल्याण्डसले जिम्बाबेलाई २२ रनले हराएको छ । त्यस्तै समूह एको खेलमा बंगलादेशले अमेरिकालाई २१ रनले हराएको छ भने आयरल्याण्डले पपुवा न्युगिनीलाई ४१ रनले पराजित ग¥यो ।