दीपक विष्ट वल्र्ड ओलिम्पियन एसोसिएसनको कार्यसमितिमा निर्वाचित
काठमाडौंनेपाल ओलिम्पियन्स संघका अध्यक्ष दीपक विष्ट पहिलो पटक वल्र्ड ओलिम्पियन एसोसिएसनको कार्यसमितिमा एसिया क्षेत्रको प्रतिनिधि भएर निर्वाचित हुनुभएको छ ।
संघका महासचिव राजेन्द्र भण्डारीले विज्ञप्ति जारी गर्दै विष्ट निर्वाचित भएको जानकारी दिनुभएको हो । अनलाइन साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।
निर्वाचन प्रक्रियामा विभिन्न देशबाट गरी १ सय ५५ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाएका थिए ।