खेलकुद

अभ्यास खेलमा राष्ट्रिय टोली श्रीलंका ए सँग पराजित

- केएफएम डेस्ककाठमाडौं

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली श्रीलंकाको ‘ए’ टोलीसँग भएको पहिलो अभ्यास खेलमा ६ विकेटले पराजित भएको छ ।

श्रीलंकाको ल्यान्ड डेभलपमेन्ट कर्पोरेशन मैदानमा आज भएको खेलमा नेपालले दिएको १ सय ८६ रनको लक्ष्य श्रीलंका ए ले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन जोडे ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बीचको दोस्रो अभ्यास खेल पर्सि बिहीबार हुनेछ ।