खेलकुद

थाइल्यान्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

काठमाडौं

नेपालले थाइल्यान्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा दोस्रो जित हात पारेको छ । बैंककस्थित नन्थाबुरी स्टेडियममा आज सम्पन्न खेलमा नेपालले पाकिस्तानमाथि ५–१ गोल अन्तरमा पराजित ग¥यो ।

यसअघि नेपालले पहिलो खेलमा अग्रता जोगाउन नसक्दा श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । दोस्रो खेलमा माल्दिभ्समाथि ५–० को जित हात पारेको थियो । 

यस्तै, नेपालले भारतसँग ८–१ र बंगलादेशसँग ३–० को लगातार हार ब्यहोरेको थियो । आजको जितसँगै ५ खेलबाट ७ अंक जोडेको नेपाल तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट पाकिस्तानको पनि समान अंक छ । 

तर, पाकिस्तान गोलभिन्नतामा नेपालभन्दा पछि छ । नेपालले अब अन्तिम खेल आगामी आइतबार भुटानसँग खेल्नेछ । भुटान ३ खेल खेल्दा अपराजित रहँदै ५ अंक जोडेर पाँचौ स्थानमा छ । अर्को अपराजित टोली बंगलादेश ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ ।