खेलकुद

नेपालले श्रीलंका ‘ए’ सँग आज दोस्रो अभ्यास खेल खेल्ने

- केएफएम डेस्ककाठमाडौं

नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंकाको ‘ए’ टोलीसँग आज दोस्रो अभ्यास खेल खेल्दै छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाल र श्रीलंका ‘ए’ बीचको खेल दिउँसो सवा २ बजेदेखि कोल्ट्स क्रिकेट क्लब ग्राउन्डमा हुनेछ ।

यसअघि गत मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोली र श्रीलंका ‘ए’ बीचको तेस्रो खेल पर्सि शनिबार हुनेछ । त्यसपछि टोली भारत जानेछ ।

भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि तीन अभ्यास खेल खेल्ने तालिका छ ।

टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रुपमा सुरु हुँदैछ ।

नेपालले फेब्रुअरी ८ मा पहिलो खेल इंग्ल्यान्डसँग खेल्नेछ ।