खेलकुद

राष्ट्रिय लिगमा एपीएफको दोस्रो जित

- केएफएम डेस्ककाठमाडौं

नेपाल एपीएफ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।

च्यासल रंगशालामा आज सम्पन्न खेलमा एपीएफले चर्च ब्वाइज युनाइटेडमाथि ४–१ को सहज जित हात पारेको हो । 

एपिएफको जितमा युवराज खड्काले २ तथा समीराज थोकर र प्रदीप लामाले १/१ गोल गरे । 

चार गोलले पछाडि परेको अवस्थामा चर्च ब्वाइजका लागि मिलन राईले सान्त्वना गोल फर्काए । 

आजै हुने अन्य खेलमा संकटा एफसी र फ्रेन्ड्स क्लब तथा न्युरोड टिम एनआरटी र काँक्रे बिहार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।।