साफ फुटसल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित
- काठमाडौंनेपाली राष्ट्रिय पुरुष फुटसल टोली थाइल्यान्डमा जारी साफ फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ ।
नेपाल आफ्नो चौथो खेलमा माल्दिभ्ससँग २–१ पराजित भएको हो ।
बैंककमा भएको खेलमा माल्दिभ्सलाई दबाबमा राखेपनि गोल गर्न नसक्दा एक खेलअगावै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।
यसअघि नेपालले एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा आत्मसात गरेको थियो ।
माल्दिभ्सको भने यो लगातार चौथो जित हो ।
च्याम्पियन बन्न माल्दिभ्सलाई अब मात्र एक अंकको आवश्यकता छ । नेपालले अब आफ्नो पाँचौं खेल पर्सि शनिबार बंगलादेशसँग खेल्नेछ ।