खेलकुद

टाइगर कप भलिबलमा पुलिस र पर्वतको जित

- केएफएम डेस्ककाठमाडौं

पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज सम्पन्न खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । 

पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन । 

चौथो सेटमा पुलिसले २५–१५ ले जित निकाल्दै आर्मीलाई हरायो । यसअघि भएको खेलमा पर्वत जिल्ला भलिबल संघले एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको थियो । 

आजै भएको खेलमा महिलातर्फ न्यू डायमण्ड स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्स विजयी भए ।

 च्याम्पियनसिपअन्तर्गत भोलि महिलातर्फ एपीएफ र आर्मी तथा पुरुषतर्फ एपीएफ र माल्दिभ्स भलिबल एसोसिएन र गण्डकी प्रदेश र आर्मी भिड्ने छन् ।