आर्सनल म्यानचेस्टरसँग पराजित
- एजेन्सीइङलिस प्रिमियर लिगको पछिल्लो खेलमा लिग लिडर आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ । म्यानचेस्टरले आर्सनललाई ३–२ गोल अन्तरमा पराजित गरेको हो । जितपछि म्यानचेस्टर समग्रमा २३ खेलबाट ३८ अंकसहित तालिकाको चौथो स्थानमा छ । आर्सनल भने ५० अंकसहित पहिलो स्थानमा छ । हारका कारण आर्सनलले अग्रता बढाउन सकेन ।
म्यानचेस्टर सिटी ४६ अंकसहित दोस्रो र एस्टन भिल्ला तेस्रो स्थानमा छन् । एस्टन भिल्लाले गएरातिको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले हराएको थियो । भिल्लाले ४६ अंक जोडेपनि गोल भिन्नतामा सिटी भन्दा पछाडी परेको हो । अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो । चेल्सी ३७ अंकसहित पाँचौ स्थानमा छ ।