राष्ट्रिय लिग : एनआरटीद्वारा संकटा क्लब पराजित
काठमाडौंराष्ट्रिय लिग फुटवलको आजको पहिलो खेलमा न्युरोड टीम एनआरटीले संकटा क्लबलाई पराजित गरेको छ । एनआरटीले संकटामाथि ३–१ को जित हात पारेको हो । १० औं मिनेटमा अग्रता लिएको एनआरटीले ५१ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।
चार मिनेटपछि संकटाले गोल गर्दे खेलमा फर्किने प्रयास गरेको थियो । तर एनआरटीले ६६ औं मिनेटमा अर्को गोल गर्दै जित हासिल गरेको हो ।
यसैबीच ,आजको दोस्रो खेलमा चर्च व्वाइजले नव जनजागृति क्लबलाई ६–१ गोल अन्तरमा पराजित गरेको छ ।