खेलकुद

साफ यू–२० च्याम्पियनसिपका लागि ८० खेलाडीलाई प्रशिक्षणमा बोलाइयो

- केएफएम डेस्ककाठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले साफ यू–२० च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको प्रारम्भिक चरणको प्रशिक्षणमा ८० जना खेलाडी बोलाएको छ । 

युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रारम्भिक चरणको प्रशिक्षणमा ८० खेलाडीलाई बोलाएको एन्फाले जनाएको छ । 

आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । 

नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् । 

साउथ एसियन फुटबल फेडेरेसन साफले यसअघि नै समूह विभाजन सार्वजनिक गरिसकेको छ ।