साफ यू–२० च्याम्पियनसिपका लागि ८० खेलाडीलाई प्रशिक्षणमा बोलाइयो
- काठमाडौंअखिल नेपाल फुटबल संघ एन्फाले साफ यू–२० च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको प्रारम्भिक चरणको प्रशिक्षणमा ८० जना खेलाडी बोलाएको छ ।
युवा टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रारम्भिक चरणको प्रशिक्षणमा ८० खेलाडीलाई बोलाएको एन्फाले जनाएको छ ।
आगामी २३ मार्च देखि ३ अप्रिलसम्म माल्दिभ्समा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ ।
नेपालसँगै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र पाकिस्तान छन् ।
साउथ एसियन फुटबल फेडेरेसन साफले यसअघि नै समूह विभाजन सार्वजनिक गरिसकेको छ ।