राष्ट्रिय लिगमा आज एपीएफ र एनआरटी भिड्ने
- काठमाडौंराष्ट्रिय लिग फुटवलमा शीर्षताको होडमा रहेको एपीएफले आज न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गदैछ ।
चार खेलबाट १२ अंक जोडेको एपीएफ दोस्रो स्थानमा छ । एक अंकको भिन्नतासहित मछिन्द्र पहिलो स्थानमा रहेकाले आजको खेलमा जित हात पारे एपीएफ शीर्ष स्थानमा उक्लिनेछ ।
एपीएफ र एनआरटीबीचको खेल अपरान्ह तीन बजे ललितपुरको एन्फा मैदानमा हुनेछ ।
पहिलो खेलमा भने नव जन जागृति क्लव र जावलाखेल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दशरथ रंगशालामा अपरान्ह २ बजे हुनेछ ।
त्यस्तै, मनाङ मस्र्याङदी र संकटाबीच साझ साढे ६ बजे प्रतिस्पर्धा हुँदैछ ।