साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरियो
काठमाडौंनेपाल साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ । आज भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशले नेपाललाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो ।
अघिल्ला खेलमा नेपाल भारतसँग १–० ले पराजित हुँदा, भुटानलाई २–० ले हराएको थियो । लगातार तेस्रो जितका साथ बंगलादेशले अपराजित रहेर भारतसँग उपाधि भिडन्त पक्का गरेको छ । भारतले आजै भएको खेलमा भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।