राष्ट्रिय लिगमा चर्च ब्वाइजको जित
- काठमाडौंचर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिग फुटबलमा तेस्रो जित हात पारेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो ।
चर्च ब्वाइजको जितमा रिचार्ड कोफि, अबायोमि फाकुन्ले र मनोज राईले एक÷एक गोल गरे । यो नतिजासँगै चर्च ब्वाइजले ५ खेलबाट १० अ्रक जोडेको छ ।
पुलिसको ४ अंक छ । लिगअन्र्तगत भोली हुने खेलमा मछिन्द्र फुटबल क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।