खेलकुद

झापा ११ बुढासुब्बा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं

झापा ११ बुढासुब्बा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा आज सम्पन्न खेलमा भुटानको रोयल थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ अन्तिम आठमा प्रवेश गरेको हो ।

 झापाका लागि सुनिल खड्का र राजेश दाहालले एक÷एक गोल गरे । झापा ११ ले अब क्वाटरफाइनलमा ललितपुरको सातदोबाटो युथ क्लबसंग क्वाटरफाइनलमा प्रतिष्पर्धा गर्नेछ । सातदोबाटोले सिधै बाई पाएर क्वाटरफाइनल खेल्न लागेको हो ।

 क्वाटरफाइनल चरणका खेलहरु भोलीबाट सुरु हुनेछ । भोली हुने पहिलो क्वाटरफाइनलमा साबिक बिजेता न्युरोड टिम एनआरटी र प्लानिङ ब्वाइज युनाईटेड भिड्ने छन् ।