खेलकुद

बुढासुब्बा गोल्डकप : चर्च ब्वाइज सेमिफाईनल प्रवेश

- अर्जुन सुबेदीसुनसरी

चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धरान रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले बिभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोलले हरायो ।

चर्च ब्वाइजलाई अन्तिम चारको यात्रा तय गराउन रिचार्ड विल्सनले निर्णायक गोल गरे । चर्च ब्वाइजले अब झापा ११ र सातदोबाटो युथ क्लबबीचको बिजेतासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । भोली हुने तेस्रो क्वाटरफाइनलमा आयोजक धरान फुटबल क्लबले पोखराको लालिगुराँस एफसीको सामना गर्नेछ ।