झापा गोल्डकप : आर्मी क्वार्टरफाइनलमा प्रवेश
- सुनसरीविभागीय टोली त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले स्तब्ध पार्दै आर्मी अन्तिम आठमा प्रवेश गरेको हो ।
आर्मीको जितमा नविन लामा, नवयुग श्रेष्ठ र कप्तान जर्जप्रिन्स कार्कीले एक÷एक गोल गरेका थिए । भोली हुने पहिलो क्वार्टर फाइनलमा झापा–११ फुटबल क्लब र भारतको सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ ।