बुढासुब्बा गोल्डकप : धरान क्वाटरफाइनल बाटै बाहिरियो
- सुनसरीआयोजक धरान फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ । घरेलु मैदानमा आज भएको तेस्रो क्वाटरफाइनलमा धरान पोखराको लालीगुरास फुटबल एसोसियसन क्लबसंग पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित भएको हो ।
निर्धारित र अतिरिक्त समयमा दुबै टिमबाट गोल हुन नसकेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । लालीगुरासले अब सेमिफाइनलमा प्लानिङ ब्वाइज युनाइटेडसंग पर्सि बुधबार प्रतिस्पर्धा गर्नेछ ।
भोली हुने अन्तिम क्वाटरफाइनलमा झापा ११ फुटबल क्लब र सातदोबाटो युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।