खेलकुद

झापा ११ बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा

सुनसरी

झापा ११ फुटबल क्लब बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा ललितपुरको सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

 धरान रंगशालामा भएको खेलमा झापाको जितमा राजेश दाहाल र एरोन थापाले एक/एक गोल गरे । यो नतिजासंगै सेमिफाइनल समिकरण समेत पुरा भएको छ । भोली हुने पहिलो सेमिफाइनलमा लालीगुरास एसोसियसन र प्लानिङ ब्वाइज युनाइटेड तथा पर्सि बिहिबार हुने दोस्रो सेमिफाइनलमा झापा ११ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।