आहा–रारा गोल्डकप : मनाङ मस्र्याङदी सेमिफाइनलमा
- पोखरामनाङ मस्र्याङदी क्लब २५ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनल खेलमा भारतको सिक्किमस्थित थन्डरबोल्ट नर्थ युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा मनाङका आशिष क्षेत्रीले गोल गरे । खेलमा आशिष क्षेत्री ‘प्लेयर अफ द म्याच’ चुनिए ।
उनले नगद १० हजार रुपैया“ पुरस्कार हात पारे । यस जितस“गै मनाङ प्रतियोगिताको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । अब फाइनल प्रवेशका लागि मनाङले आयोजक सहारा क्लब पोखराको सामना गर्नेछ । भोलि अन्तिम क्वाटरफाइनल खेलमा उज्वेकिस्तानको आभा एफसी र प्लानिङ ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।