विश्वकपमा दक्षिण अफ्रिकाले युएईलाई हरायो
- काठमाडौंआईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ मा दक्षिण अफ्रिकाले शतप्रतिशत जित हासिल गरेको छ ।
दिल्लीमा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले अपराजित यात्रा कायमै राखेर सुपर एट खेल्ने भएको हो ।
यूएईले दिएको १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
उसको जितमा डेवाल्ड ब्रेभिसले सर्वाधिक ३६ रन बनाए भने रायन रिकेल्टनले ३० रन जोडे ।
यूएईका हेदर अली, मुहम्मद जवादुल्लाह, मुहम्मद अरफान र मुहम्मद फारुकले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाले यसअघि अफगानिस्तान, क्यानडा र न्युजिल्यान्डलाई पराजित गरेको थियो ।
यूएईले क्यानडालाई पराजित गरेको थियो । यो समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर एटमा पुगिसकेका छन् । विश्वकपअन्तर्गत आजै हुने अर्को खेलमा इण्डिया र नेदरल्यान्ड्स भिड्ने छन् ।