खेलकुद

आईसीसी पुरुष टी–२० विश्वकप : समूह चरणमा दक्षिण अफ्रिका अपराजित

काठमाडौं

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ मा दक्षिण अफ्रिकाले शतप्रतिशत जित हासिल गरेको छ । दिल्लीमा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स यूएईलाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले अपराजित यात्रा कायमै राखेर सुपर एट खेल्ने भएको हो । 

यूएईले दिएको १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । 

दक्षिण अफ्रिकाले यसअघि अफगानिस्तान, क्यानडा र न्युजिल्यान्डलाई पराजित गरेको थियो । यूएईले क्यानडालाई पराजित गरेको थियो । यो समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड सुपर एटमा पुगिसकेका छन् । विश्वकपअन्तर्गत आजै हुने अर्को खेलमा इण्डिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ ।