खेलकुद

आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल आज

- केएफएम डेस्ककाठमाडौं

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसी र जावलाखेल युथ क्लबबीच आज प्रतिस्पर्धा हुनेछ । 

पोखरा रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुने छ । यस खेलको विजेताले उपाधिका लागि आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

साहारा क्लबले हिजो भएको पहिलो सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । 

प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुनेछ । माघ २७ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीले सहभागिता जनाएका छन् । 

प्रतियोगिताको विजेताले उपाधिसहित १४ लाख तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।