जावलाखेल आहा रारा गोल्डकपको फाइनलमा प्रवेश
- पोखराजावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा उज्वेकिस्तानको आभा एफसीलाई १–० गोलले पराजित गर्दै जावलाखेलले फाइनलमा स्थान पक्का गरेको हो ।
उज्वेकिस्तानका खुशान गानिजानोभले गरेको आत्मघाती गोल निर्णायक बन्यो ।
खेलको ५१औं मिनेटमा जावलाखेलका धर्मेन्द्र कुँवरले गरेको क्रस रोक्ने क्रममा उज्वेकिस्तानका खुशानले प्रहार गरेको बल आफ्नै गोलपोष्टमा गएको थियो ।
जावलाखेलले अब उपाधिका लागि आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल पर्सि शनिबार हुनेछ । १२ टोलीले सहभागिता प्रतियोगिताको विजेताले १४ लाख तथा उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।