खेलकुद

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै

- एजेन्सीकाठमाडौं

आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर एट समिकरणका खेलहरु हुँदै छन् । सुपर एटको दोश्रो खेलमा आज श्रीलंका र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । खेल श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुने छ । 

समूह चरणमा श्रीलंकाले आयरल्यान्ड, ओमान र अस्ट्रेलियालाई पराजित गरेको थियो भने इंग्ल्याण्डले नेपाल, स्कटल्याण्ड र इटालीलाई हराएको थियो । त्यस्तै आजै हुने अर्को खेलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

 खेल भारतको अहमदावदस्थित नरेन्द्र मोदी स्टेडियम साँझ सवा ७ बजे हुने छ । यस्तै, पाकिस्तान र न्युजील्याण्डबीचको सुपर एटको पहिलो खेल हिजो वर्षाले रद्द भयो । खेल वर्षाले सम्भव भएपछि दुवै टिमले एक÷ एक अंकमा चित्त बुक्ताएका छन् ।