खेलकुद

ला लिगामा बार्सिलोनाको जित

- केएफएम डेस्ककाठमाडौं

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा लेभान्टेलाई ३–० ले पराजित गर्दै बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्षमा फर्किएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा मार्क बर्नल, फ्रेन्की डे योङ र फर्मिन लोपेजले एक–एक गोल गरे ।

यसअघि गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएपछि बार्सिलोनासँग अंकदूरी बढाउने अवसर गुमाएको थियो ।

रियलको समान खेलबाट ६० अंक छ ।