राष्ट्रिय लिग फुटवलमा जावलाखेल क्लवद्धारा पुलिस क्लव पराजित
काठमाडौंजावलाखेल युवा क्लबले राष्ट्रिय लिगमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेलले पुलिस क्लवलाई ३–० ले पराजित गरेको हो ।
उसको जितमा निकोलस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले गोल गरेका थिए । राष्ट्रिय लिगको जारी सिजनमा जावलाखेलको यो दोस्रो जित हो । ६ खेलमा ९ अंक जोड्दै जावलाखेल तालिकाको नवौं स्थानमा उक्लियो । समान खेलमा ४ अंकका साथ पुलिस १४ औं स्थानमा छ ।