खेलकुद

एन्फा राष्ट्रिय लिग : लालिगुराँस एसोसिएसन शीर्ष स्थानमा

काठमाडौं

काँक्रेबिहार क्लबमाथि ४–१ को सहज जित हासिल गर्दै लालिगुराँस एसोसिएसन एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै लालिगुँरास ७ खेलबाट १७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । 

लालिगुराँसको यो पाँचौं जित हो । काँक्रेबिहारले भने छैटौं हार व्यहोरेको छ । आजको अर्को खेलमा श्री भगवती क्लब र सातदोबाटो युवा क्लबले गोलरहित बराबरी खेलेका छन् ।