श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो
- काठमाडौंसहआयोजक श्रीलंका आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।
गएराति भएको सुपर ८ को खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल अगावै बाहिरिएको हो । कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए । न्युजिल्यान्डका रचिन रविन्द्रले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । श्रीलंका यसअघि इंग्ल्यान्डसँग पराजित भएको थियो ।
लगातार दुई हारपछि समुह २ मा श्रीलंका अंकविहिन छ । पहिलो जित निकालेको न्युजिल्यान्ड ३ अंकसहित सो समुहको दोस्रो स्थानमा छ र सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ ।
दुवै खेल जितेर ४ अंक जोडेको इंग्ल्याण्ड पहिलो स्थानमा छ र सेमिफाइनलमा पुगिसकेको छ ।
अब न्युजिल्यान्ड अन्तिम खेल भोली इंग्ल्यान्डसँग खेल्नेछ ।