खेलकुद

टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल

- केएफएम डेस्ककाठमाडौं

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज सुपर एटको समूह ’ए’ का दुई खेल हुँदैछन् ।

पहिलो खेलमा वेस्ट इण्डिज र दक्षिण अफ्रिका भिड्दैछन् । यी दुई टोली बीचको खेल भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

वेस्ट इण्डिज र दक्षिण अफ्रिका दुवै टोलीले पहिलो खेलमा फराकिलो जित निकालेको थियो ।

वेस्ट इण्डिजले जिम्बाब्वेलाई १ सय ७ रनले हराउँदा, दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको थियो । यस खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् भने पराजित हुने टिमको सम्भावना पनि जीवितै रहनेछ ।

यसै समुहको अर्को खेलमा भारत र जिम्बाब्वेबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नाईको एमए चिदम्बरम स्टेडियममा हुने खेल साँझ सवा ७ बजे शुरु हुनेछ ।

दुवै टोली सुपर एटअन्तर्गतको आफ्ना पहिलो खेलमा पराजित भएका थिए । यस खेलमा पराजित हुने टोली बाहिरिदा, विजेताको भने सेमिफाइनल सम्भावना जीवित रहनेछ ।