खेलकुद

रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

- केएफएम डेस्ककाठमाडौं

स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति घरेलु मैदान सान्टियागो बर्नाबउमा भएको दोस्रो लेगको खेलमा बेनफिकालाई पराजित गर्दै रियलले समग्रमा ३–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

रियलको जितमा अरेलियन चुआमेनी र भिनिसियस जुनियरले एक–एक गोल गरे ।

बेनफिकाका राफा सिल्भाले एक गोल गरे ।

घाइते किलियन एमबाप्पेबिना मैदान उत्रिएको रियलले केही कठिनाइ खेपे पनि जित निकाल्न सफल भएको हो ।

यता, पिएसजीले एस मोनाकोलाई पछि पार्दै अन्तिम १६ पक्कामा स्थान सुरक्षित गरेको छ । दोस्रो लेग भने २–२ को बराबरीमा सम्पन्न भएको थियो ।

तर, पहिलो लेगमा जितेको ३–२ को नतिजाले नै पिएसजीलाई अघिल्लो चरणमा पुर्याएको हो ।