नेपालको प्रारम्भिक टोली घोषणा
- काठमाडौंनेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र युएईविरूद्धको एकदिवसीय सिरिजका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ ।
यहि फागुन २६ देखि चैत ६ गतेसम्म हुने सिरिजका लागि क्यानले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
टी–२० विश्वकप खेल्ने टोलीमा नपरेका ईशान पाण्डे, आकाश चन्द, हेमन्त धामी, भीम सार्की, अर्जुन साउद, रिजन ढकाल र साहब आलम टोलीमा समावेश छन् ।
लिग–२ मा नेपाल २० खेलबाट १२ अंक जोडेर पुछारबाट दोस्रो सातौं स्थानमा छ । युएईको १० अंकसहित पुछारको छ भने ओमान २४ अंकसहित चौथो स्थानमा छ ।