खेलकुद

राष्ट्रिय लिग फुटबलमा आज त्रिभुवन आर्मी र एनआरटी विजयी

काठमाडौं

न्युरोड टिम एनआरटीले राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसीलाई २–१ गोलले हराएको छ । लगातार तीन खेल बराबरीमा चित्त बुझाएको एनआरटीले चित्लाङलाई पराजित गरेको हो ।

जितपछि एनआरटीको नौ खेलबाट १८ अंक भएको छ । चित्लाङ भने नौ खेलबाट सात अंकमा सीमित छ । आजको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले नव जनजागृति युवा क्लबलाई ३–० गोलले हरायो । 

जितपछि आर्मीको आठ खेलबाट १७ अंक भएको छ । नव जनजागृतिको भने यो लगातार आठौं हार हो । अंकविहिन नव जनजागृति तालिकाको अन्तिममा छ ।