खेलकुद

इंग्लिस प्रिमियर लिगमा आर्सनलको जित

- केएफएम डेस्क

आर्सनलले इंग्लिस प्रिमियर लिगमा गएराती दस खेलाडीमा सीमित चेल्सीलाई २–१ ले हराएपछि उसको उपाधि जित्ने सम्भावना बलियो भएको छ ।

खेलको ६६ औं मिनेटमा जुरेन टिम्बरले आर्सनलका लागि निर्णायक गोल गरे ।

इमिरेट्समा भएको खेलमा आर्सनलले विलियन सलिबाको गोलले अग्रता लिएको थियो, तर पिएरो हिनक्यापले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

आर्सनलको लिगमा यो लगातार दोस्रो जित हो ।

चेल्सी भने आफ्ना पछिल्ला तीन खेलमा जितहीन रहेको छ ।

खेलको ७० औं मिनेटमा चेल्सीले पेड्रो नेटोलाई रातो कार्डमा गुमाएको थियो ।

यो नतिजापछि आर्सनलको ६४ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीमाथि पाँच अंकको अग्रता हो ।