आईसीसी पुरुष टी–२० विश्वकप : उपाधिका लागि भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै
- काठमाडौंआईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।भारतको अहमदावादमा हुने फाइनल खेल नेपाली समयानुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।
भारत विश्वकपको साविक विजेता हो । अघिल्लो संस्करणमा भारतले दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो। सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई ७रन तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको थियो ।
फब्रेअरी ७ देखि सुरु भएको १० औं संस्करणको विश्वकपमा २० टोली सहभागी थिए ।