इरानद्धारा फिफा विश्वकप बहिस्कार
- काठमाडौंइरानले २०२६ फिफा विश्वकप बहिस्कार गर्ने जनाएको छ ।
इरानका युवा तथा खेलकुदमन्त्री अहमद दुन्यामालीले देशको वर्तमान अवस्थाका कारण विश्वकपमा सहभागी नहुने बताउनु भएको हो ।
विश्वकप जुन ११ बाट अमेरिका, क्यानडा र मेक्सिकोमा सुरु हुँदैछ । इरानले समूह चरणमा तीन खेल खेल्ने तालिका छ ।
इरानी टोलीले जुन १५ मा लस एन्जलसमा न्युजिल्याण्डसँग, जुन २१ मा बेल्जियमसँग र जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरी सर्वोच्च नेता अली खामेनीको हत्या गरेपछि इरानले विश्वकपमा सहभागिता नजनाउने बताएको हो ।
अमेरिकी सरकारले आफ्नो नेताको हत्या गरेको अवस्थामा विश्वकपमा सहभागी हुने कुनै पनि उपयुक्त अवस्था नभएको भन्दै मन्त्री दुन्यामालीले आफ्ना खेलाडीको सुरक्षा महत्वपूर्ण हुने बताउनुभयो ।