एन्फा महिला राष्ट्रिय लिगको खेलतालिका सार्वजनिक
- काठमाडौंएन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज खेलतालिका सार्वजनिक गरेको हो । चैत पहिलो सातादेखि सुरु हुने लिगमा १० टिम सहभाती हुनेछन् ।
तालिकाअनुसार आगामी चैत ४ गते हुने उद्घाटन खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब भिड्ने छन् ।
लिगअन्तर्गतका खेलहरु च्यासल रंगशालामा हुनेछन् ।