खेलकुद

मच्छिन्द्र राष्ट्रिय लिगको शीर्ष स्थानमा उक्लियो

- केएफएम डेस्ककाठमाडौं

राष्ट्रिय लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको खेलमा मछिन्द्रलका लागि अभिनाश स्याङ्गतानले ३४ औं मिनेटमा निर्णायक गोल गरे ।

यो नतिजासँगै मछिन्द्र १० खेलबाट २५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट २४ अंकसहित एपीएफ दोस्रोमा छ ।

पुलिस १० खेलबाट ८ अंकसहित १२औं स्थानमा छ ।

यसअघि, आजै ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले चित्लाङ एफसीलाई ५–२ ले पराजित गरेको छ ।

प्लानिङको जितमा पापा इबो केबेले २ तथा प्रताप सिंह राई, एलेक्स विलेन र निङ्मा घिसिङले समान १÷१ गोल गरे ।

चित्लाङका लागि सोलोमोन इलेसान्मीले २ गोल गरे ।

यो जितपछि प्लानिङ ११ खेलबाट २२ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ७ अंक रहेको चित्लाङ १५औं स्थानमा छ ।